आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

दैनिक नेपाल २०७७ चैत २ गते ११:०९

काठमाडौं, २ चैत । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

हिजो आइतबार प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज स्थिर रहेको हो । आज हिजोकै मूल्य प्रतितोला ८६ हजार ६०० रुपैयाँमा नै सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ काम थियो ।

प्रतिक्रिया
सम्बन्धित