५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री केपी ओली र माधव कुमार नेपालबीच भेटवार्ता हुँदै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्यूँतिएपछि आज पहिलो पटक धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

सोमबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा दुई नेताबीच भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । एमाले ब्यूँतिएपछि पनि पार्टीभित्र समस्या थप बढिरहेको बेलामा ओली र नेपालबीच भेटवार्ता हुने लागेको हो ।

भेटवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई बोलाएको बताइएको छ । शुरुमा नेता नेपालले भेट अस्वीकार गरे पनि पछि दोस्रो तहका नेताहरुसहित भेटवार्ता गर्ने शर्तमा धुम्बाराही जान लागेको बताइएको छ ।

ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको छ भने नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास समेत शुरु गरिसकेको छ ।