
काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई चियापानका लागि बालुवाटार बोलाएका छन् ।
एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीले जनाएका छन् ।
केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्रीको पठाएको सन्देशमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूले केन्द्रीय कमिटीको १२ औँ बैठकका सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ । चैत्र ३ गते, प्रधानमन्त्री निवास बालुवाटार । इन्द्रप्रसाद भण्डारी प्रमुख स्वकीय सचिव ।’
पछिल्लो समय पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला आयोजना गरिएको यो चियापानले नेताहरुबीच संवादको सिर्जना हुने र पार्टी एक भएर अघि बढ्ने अवसर हुने नेताहरुले बताएका छन् ।















प्रतिक्रिया