९ कार्तिक २०८३, सोमबार

भोजपुरमा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भोजपुर, १ चैत । मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ । –रासस