आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा नबराज लम्साल सम्मानित

दैनिक नेपाल २०७७ चैत १ गते २०:२८


काठमाडौँ, १ चैत । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा फागुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मान पत्र डा.लम्साललाई हस्तान्तरण गरे ।

साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित