आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जगदम्बा सिमेन्टको निर्माण विज्ञहरुसँगको अन्तरक्रिया सम्पन्न

दैनिक नेपाल २०७७ चैत १ गते २०:१०

काठमाडौँ, १ चैत । “तपाईको सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको”भन्ने मूल नारालाई आत्मसात गर्दै यही फाल्गुण २६ गते पाँचखालको खावामा ६० भन्दा धेरै निर्माण विज्ञहरुसँग जगदम्म्बा सिमेन्टले आफ्नो अन्र्तरक्रिया सम्पन्न गरेको छ ।

पाँचखाल नगरपालीका वडा अध्यक्ष किरण श्रेष्ठ, जगदम्बा सिमेन्टका बरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहाल तथा बिक्री प्रवन्धक नवराज भूर्तेल ज्यूको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका निर्माण व्यवसायहरुले भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रो जस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको प्रष्ट पारे ।

विज्ञसँगको परामर्श, कुशल जनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक केदार निरौलाजीले प्रष्ट पार्दै यस्ता जन चेतनामूलक नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका ईन्जिनियर कुसल काफ्लेले बताए ।

प्रतिक्रिया
सम्बन्धित