५ कार्तिक २०८३, बिहिबार

‘वैकल्पिक राजनीतिलाई मूलधारमा लैजाने अवसर आयो’

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १ चैत । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अब वैकल्पिक राजनीतिलाई मूलधारको राजनीतिमा प्रवेश गराउने अवसर आएको बताएका छन् ।

हिजो शनिबार सुर्खेतमा पार्टीका सदस्य तथा सञ्चारकर्मीहरूको अन्तरक्रियालाइृ सम्बोधन गर्ने क्रममा उनले नयाँ पुस्ताले नयाँ राजनीति खोजिरहेको र पुराना दलका इमानदार कार्यकर्तासँगै आम नागरिकले पनि विकल्प चाहेकाले विवेकशीलको राजनीति स्थापित गर्ने उपयुक्त अवसर आएको बताएका हुन् ।

त्यसका लागि विवेकशील साझा पार्टीले बृहत् लोकतान्त्रिक ध्रुवीकरणको नेतृत्व गर्ने उनको धारणा थियो । विचार र व्यवहार मिल्ने सबै व्यक्ति र शक्तिहरूलाई सम्मिलन र सहकार्यका लागि पहल गरिरहेको उनले बताए ।

‘पछिल्लो ७ वर्षमा हामीले विवेकशील साझाको यात्रामा वैकल्पिक सुसंस्कृत राजनीतिको जग बसाल्यौं । अब वैकल्पिक राजनीति प्रतिस्थापक राजनीतिमा रूपान्तरण हुन जरुरी छ,’ उनले भने, ‘देशमा सुसंस्कृत राजनीति स्थापित गर्नको लागि विवेकशील साझा पार्टीले एक्लो रूपमा भन्दा पनि सामूहिक रूपमा अगाडि बढ्न चाहेको छ । पुराना दलहरूबाट पनि इमानदार नेता कार्यकर्ता निस्केर नयाँ राजनीतिमा सहभागी हुनुपर्छ, नयाँ सम्भावना खोजिरहेकाहरू एक ठाउँमा आउनै पर्छ ।’

पार्टीले आक्रामक ढङ्गले सङ्गठन र सञ्जाल विस्तार गरिरहेको र वृहत् लोकतान्त्रिक गठबन्धनको प्रयास स्वरूप संसद् बाहिरका केहि दलहरूसँग एकीकरण, सम्मिलन र सहकार्यको प्रयास पनि भइरहेको पाण्डेले बताएका छन् ।