
काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको दाबी गरेका हुन् ।
सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको बताउँदै उनले सङ्घ, प्रदेश र पालिका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने समेत बताएका छन् ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेको बताउँदै राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको उल्लेख गरेका छन् ।
यस्तै हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उनको भनाइ छ । यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उनले बताए ।















प्रतिक्रिया