५ कार्तिक २०८३, बिहिबार

अत्याधुनिक अवैध हतियारसहित एक जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १ चैत । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित १ जनालाई पक्राउ गरेको छ ।

राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट १ थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्‍ने बारुद एक किलो, सटगनमा लाग्‍ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थान, जरायोको सिङ तीन थान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चार थान र दुम्सीको प्वाँख फेला परेको हो ।