आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ चैत १ गते ११:३२

काठमाडौं, १ चैत । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।

साताको अन्तिम दिन गएको शुक्रबार स्थिर रहेको सुनको मूल्य आज सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

जसअनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित