२ कार्तिक २०८३, सोमबार

श्रीलंकाद्वारा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १ चैत । श्रीलंकाले सार्वजनिक स्थानमा अनुहार ढाक्ने पोशाक (बुर्का) लगाउन प्रतिबन्ध लगाएको छ ।

सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंकाले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन समेत अपिल गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गर्दै श्रीलंकाले नयाँ नियम लागू गरेको बताइएको छ ।

यसअघि छोटो समयका लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै प्रतिबन्ध लगाइएको श्रीलंका सरकारले बताएको छ ।

त्यहाँको मन्त्रिपरिषद्बाट पारित भएको यो निर्णय संसदले अनुमोदन गर्न भने बाँकी छ ।