मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अर्जेन्टिनाका राष्ट्रपति सवार गाडीमा आक्रमण

दैनिक नेपाल २०७७ चैत १ गते १०:१७

अर्जेन्टिना, १ चैत । अर्जेन्टिनाका प्रदर्शनकारीले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन् ।

हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रको निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।

राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीले उनी चढेको गाडीमा ढुंगामुढा गरी गाडी तोडफोड गरेका हुन् ।

चुबुट क्षेत्रमा रहेको खानी खोल्ने सरकारी योजना विरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चुबुटमा रहेको सुन, चाँदी र युरेनियम क्षेत्रमा उत्खनन् गर्न थालेको भन्दै केही सातादेखि सरकारको यो कदम विरुद्ध सडकमा उत्रेका थिए । आक्रमण लगत्तै सुरक्षा घेरा हाली राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित