२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकाल्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ चैत । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ३–० गोलअन्तरले पराजित गरेको हो। घरेलु टिम फुलहामविरुद्ध सिटीका जोहन स्टोनेस, गाब्रियल जिसस र सर्जियो अगुएरोले गोल गरे।

पहिलो हाफसम्म सिटीले फुलहामविरुद्ध गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

सिटीका लागि खेलको ४७ औं मिनेटमा जोहनले गोल गर्दै १–० को अग्रता दिलाए । ५६ औं मिनेटमा जिससले गोल गरेपछि सिटीले २–० को अग्रता बनायो । ६० औं मिनेटमा भने सर्जियोले पेनाल्टीबाट गोल गरेपछि सिटीले ३–० को सहज जित निकालेको हो ।

लिगको शीर्ष स्थानमा रहेको सिटीले जितसँगै फराकिलो अंक दूरी बनाएको छ । सिटीले ३० खेलबाट ७१ अंक बनाएको हो ।

लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १७ अंकले अघि छ। म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ । लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २८ खेलबाट ५३ अंक छ ।