८ कार्तिक २०८३, आइतबार

पार्टी फुटाउने ‘नाइके’ वामदेव गौतम भएको खुलासा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेकपा (एमाले)का नेता एवम् सांसद खगराज अधिकारीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीविरुद्ध अभियोग पत्र ल्याउने नाइके वामदेव गौतम रहेको आरोप लगाएका छन् ।

आइतबार बिहान एफएम रेडियोसँगको अन्तर्वार्तामा अधिकारीले पार्टीभित्र बिग्रह ल्याउनेमा वामदेवको नाम अग्रपंक्तिमा आउने बताए । उनले वामदेवले ०५४ सालमा एमालेलाई विभाजन गरेको भन्दै नेकपा विभाजनमा पनि भूमिका रहेको बताए ।

‘०५४ सालमा पार्टी विभाजन गर्ने वामदेव गौतम नै हुनुहुन्छ । उहाँका बारेमा हामी सबैलाई थाहा छ’, एमालेका नेता अधिकारीले भने, ‘प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीविरुद्ध अभियोग पत्र ड्राफ्ट गर्ने वामदेव गौतमजी नै हो ।’

वामदेवले पार्टी एकताका नाममा गरिरहेको गतिविधिलाई नेता अधिकारीले रुचि देखाएनन् । वामदेवले ओलीको शुक्रबारको निर्णयको विरोध गर्दै पार्टीमा ओलीसँग मिलेर जान नसकिने टिप्पणी गरेका थिए ।

नेता अधिकारीले वामदेवको भूमिका पार्टीमा के छ भन्ने कुरा सबैलाई थाहा रहेको समेत उल्लेख गरेका छन् । सांसद बन्नका लागि वामदेवले के–के गरेको भन्नेबारेमा पनि सबै जानकार रहेको अधिकारीले बताए ।

नेता अधिकारीले माधव नेपाल समूहलाई सच्चिएर आउन सुझाव दिएका छन् । उनले पार्टीभित्र हुने विवाद मिलाउन सकिनेभन्दै अध्यक्ष ओलीद्वारा गरिएको पार्टीको नियमित प्रक्रियालाई असहयोग गर्न नहुने बताएका छन् ।

‘माधव नेपालजीहरू पेरिसडाँडाबाट अर्याल होटेलसम्म आउनुभएको छ’, अधिकारीले भने, ‘चैत ७ गतेसम्म धुम्बाराहीमा आइपुग्नु हुन्छ ।’