९ कार्तिक २०८३, सोमबार

बझाङमा छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, २९ फागुन । बझाङ जिल्लामा आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

बुङ्गल नगरपालिका– १ का ४४ वर्षीय ब्यक्तिले फागुन २७ गते राति ११ बजे कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी छोरीलाई जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिए । छोरी करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी परेपछि पक्राउ गरिएको खडकाले बताए ।

प्रहरीमा आएको जाहेरीका आधारमा आरोपीलाई फागुन २७ गते विथ्थडचिर गाउँपालिका ४ देउलेकबाट पक्राउ गरिएको थियो । थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले बताएका छन ।