४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओली र एमाले केन्द्रीय सदस्यहरुबीच बालुवाटारमा छलफल शुरू

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पार्टीका केन्द्रीय सदस्यहरुबीच छलफल शुरू भएको छ ।

आगामी चैत १ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उक्त छलफल शुरु गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको छलफलमा प्रधानमन्त्री निकट केन्द्रीय सदस्यहरूको सहभागिता छ । पार्टीले लिने नीति र केन्द्रीय कमिटीको एजेन्डा तय गर्नका लागि छलफल केन्द्रित भएको बताइएको छ ।

छलफलमा नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित तथा त्यसपछि मनोनित केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गरिरहेका हुन् ।

एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीको बहुमत सदस्य प्रधानमन्त्री ओलीको पक्षमा छन् ।

यो पनि पढ्नुहोस्–