
सिन्धुली, २८ फागुन । आगोले जलेर सिन्धुलीमा ७ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।
हरिहरपुरगढी गाउँपालिका–६ क्यानखोलाका समिर वाईबाकी ७ महिनाकी छोरी अस्मिता वाईबाको आगोले जलेर बिहीबार बिहान मृत्यु भएको हो ।
चुल्हो नजिकै सुताई आमा कामको शिलसिलामा घरबाहिर निस्किएको अवस्थामा बालिका बामे सर्दै चुल्होको आगोमा जलेर गम्भीर घाइते भएकी उनको वीरगञ्ज अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।















प्रतिक्रिया