५ कार्तिक २०८३, बिहिबार

बिराटनगरको सब्जी फलफूल तथा गुद्री बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा शुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । एनएमबि बैंकले नगदरहित काराबवारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरू गरेको छ ।

नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरी उक्त सेवा शुरु गरेको बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, बिराटनगर–११ का अध्यक्ष त्रिथेन्द्र न्यौपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषीदेवी भगतलाई रू. १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृतिपत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य व्यक्त गरेका थिए ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं,’ प्रमुख कार्यकारी अधिकृत केसीले भने ।