मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा समस्या देखिएन

दैनिक नेपाल २०७७ फागुन २८ गते ७:४८

लण्डन, २८ फागुन । अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ ।

यो कोरोना खोप लगाएका व्यक्तिहरूमा रगतमा धब्बाहरू देखा परेको कुरा सत्य नभएको युरोपियन संघको नियामक निकायका अधिकारीहरूले बताएका छन् । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरूमा केही असर देखा परेको भनिएको थियो ।

डेनमार्ग र नर्वेलगायत देशहरूमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको ज्यान गएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । पछि त्यो व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।

एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरू नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित