९ कार्तिक २०८३, सोमबार

आगलागी हुँदा पाँच लाखको क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, २७ फागुन । कञ्चनरुप नगरपालिका– १ मा आज आगलागी भएको छ ।

वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए । –रासस