९ कार्तिक २०८३, सोमबार

दाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, २७ फागुन । राजपुर गाउँपालिका–३ प्रतापपुर घाटस्थित राप्ती नदीको किनारबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ गैरा बस्ने २७ वर्षीय पतिराम चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय समिर चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त अवैध बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।