मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

कोरोनाभाइरसको विश्वव्यापी महामारीको एक वर्ष, ११ करोड ६० लाखमा संक्रमण

दैनिक नेपाल २०७७ फागुन २७ गते १७:२५

काठमाडौँ, २७ फागुन । कोरोना भाइरसलाई विश्वलाई शिथिल तुल्याउन थालेको एक वर्ष भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको आज एक वर्ष पूरा भएको हो ।

हालसम्म करिब २ सय देशमा ११ करोड ६० लाख मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ ।

तीमध्ये २५ लाख जनाको मृत्यु भएको छ ।

कोभिडका कारण मृत्यु भएका मानिसमध्ये सर्वाधिक संयुक्त राज्य अमेरिकाका पाँच लाख २२,००० भन्दा बढी र ब्रजिलका दुई लाख ६८,००० भन्दा बढी छन् ।

प्रतिक्रिया
सम्बन्धित