५ कार्तिक २०८३, बिहिबार

मनमोहन अधिकारीलाई समेत अपमान गर्ने पात्र यिनै माधव नेपाल हुन् : ऋषि कट्टेल

62.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेता–कार्यर्तामाथि अपमान गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र नेता–कार्यकर्तामाथि अपमान गरेको आरोप लगाउँदै आएका नेता नेपालमाथि नै अध्यक्ष कट्टेलले गम्भीर आरोप लगाएका हुन् ।

‘पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई समेत अपमान गर्ने पात्र यिनै माधव नेपाल हुन्’, कट्टेलल भन्छन्, ‘माधव नेपालले पीडा दिएका मान्छेहरू एमालेभित्र धेरै छन्, यिनी भन्दा अपमान गर्ने मान्छे नेपालमै अरु कोही पनि छैन ।’

‘उनीभन्दा सिनियर नेता सिपी मैनाली र झलनाथ खनालहरूलाई उनले कति मान दिए ?’, प्रश्न गर्दै कट्टेलले भने, ‘म पनि पूर्व एमाले नै हुँ, मैले भोगेको अनुसार यिनले भन्दा अपमान गर्न त अरु कसैले पनि जानेका छैनन् ।’

आफूलाई चाहिँदा मात्रै अहिले विधि, पद्धति र प्रणालीको कुरा गरेको भन्दै उनले २०५१ सालमा माधव नेपालकै कारण पार्टीले धेरै ठाउँमा हार्नुपरेको दृष्टान्त समेत स्मरण गरेका छन् । ‘२०५१ सालको निर्वाचनमा एमालेको प्रष्ट बहुमत आउँथ्यो,’ कट्टेलले भने, ‘माधव नेपालले दिएको पीडा, उनले गरेका बेइमानी र पक्षपातका कारणले प्रष्ट बहुमत आउनबाट पार्टी चुक्यो ।’

बिनाकारण लोकप्रिय नेताहरू विजय सुब्बा, केपी भट्टराई, स्व. गणेश पण्डितलगायतलाई टिकट नदिएका कारण पार्टी बहुमतबाट चुकेको उनको भनाइ छ । ‘माधव नेपालको चाकडी नगरेकै कारण ती नेताहरूले टिकट पाएनन् जसका कारण अन्य ७ वटा सिटसमेत जानी–जानी एमालेले हार्यो,’ उनले भने ।

एमालेमा छँदा अकारण आफूलाई समेत २४ घण्टे पत्र काटेको स्मरण गर्दै उनले एमालेभित्र माधव नेपालपीडित मानिसहरू धेरै भएको चर्चा समेत गरेका छन् । आफू पार्टी शक्तिमा हुँदा केपी ओली र उनका समर्थकलाई निर्मम ढङ्गले पेलेका कारण आज ओलीले उनीमाथि केही निषेधको राजनीतिक गर्न बाध्य भएको कटट्टेलको बुझाई छ ।

तै पनि पार्टी अध्यक्षसँग चुनाव हारेकालाई बरिष्ठ नेता बनाएर ओलीले माधव नेपालको उच्च सम्मान गरेको कट्टेलले बताए ।