५ कार्तिक २०८३, बिहिबार

ओलीविरुद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दा जनयुद्धको थालनी भएको अनुभूति गरेको थिएँ : प्रचण्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रतिवेदन लेख्दा पुनः जनयुद्धको थालनी भएको अनुभूति भएको बताएका छन् ।

आज बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी शर्मा ओली र उनको प्रवृत्तिविरुद्ध प्रहार गर्नका लागि आफूले उक्त प्रतिवेदन प्रस्तुत गरेको बताएका छन् । तत्कालीन नेकपा सचिवालय बैठकमा उनले प्रस्तुत गरेको १९ पृष्ठ लामो प्रतिवेदनकै कारण सो पार्टी विभाजन हुँदै एकीकरण बदरसम्मको अवस्थामा पुग्यो ।

केपी ओलीसँग थप सम्झौता गर्दा विभिन्न खालको खतरा आफूले देखेकै कारण जानीबुझी नै उक्त प्रतिवेदन लेखेको प्रचण्डले बताएका छन् । प्रतिवेदनपछि उत्पन्न परिस्थितिबाट आफू मर्न, जेल जान वा जस्तोसुकै कठघरामा उभिन परे पनि तयारी मनस्थिति बनाएर लेखेको दाबी समेत उनले गरेका छन् ।