आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एनएमबिका ग्राहकलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा छुट

दैनिक नेपाल २०७७ फागुन २७ गते ९:५७

काठमाडौं, २७ फागुन । एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरूलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको ब्यबस्थासहित समझदारी भएको छ ।

एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरूमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरूमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

अत्याधुनिक बैँकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले ग्राहकहरूलाई यो छुटको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित