आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कुमारी इक्वीटी फण्डमा मागभन्दा बढी आवेदन प्राप्त

दैनिक नेपाल २०७७ फागुन २७ गते ९:११

काठमाडौं, २७ फागुन । कुमारी ईक्वीटी फण्डको प्रतिइकाई मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरू निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

विज्ञप्तिअनुसार चैत १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

‘निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरूबाट मागगरेभन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन दिई हामीलाई देखाउनुभएको विश्वसनीयता प्रति सबै लगानीकर्ताहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘कोष प्रबर्द्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरूमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेका छौं’,

‘आम लगानीकर्ताहरूले देखाउनुभएको विश्वसनीयतालाई आगामी दिनहरूमा कायम राख्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित