आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरू अब नेपालमा

दैनिक नेपाल २०७७ फागुन २७ गते ९:०३

काठमाडौं, २७ फागुन । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले फरेवर रेन्जअन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरू राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।

यी गाडीहरू टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न रहेको विज्ञप्तिमा उल्लेख छ । योसंगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरू एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ ।

यिनीहरूको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित