आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नागरिक लगानी कोषको शेयर बिक्रीमा

दैनिक नेपाल २०७७ फागुन २७ गते ८:५७

काठमाडौं, २७ फागुन । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपियाँ पचास पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ ।

संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमात्र सहभागी हुन सक्नेछन् ।

ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले चैत ३ गतेदेखि चैत १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

तरुण उपाध्यक्ष चापागाइँका भाञ्जाको जर्मनीमा निधन, शव ल्याइन अनुरोध

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँका भाञ्जाको जर्मनीमा निधन भएको छ ।

उच्च शिक्षा हासिल गर्ने शिलशिलामा जर्मनीमा रहेका २२ वर्षीय भाञ्जा पेसल दाहालको निधन भएको हो । आफ्नै कोठामा निधन भएको अवस्थामा दाहालको शव भेटिएको थियो ।

दाहालको असामयिक मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक गर्न परिवारजनले माग गरेका छन् ।

दाहालको पार्थिव शरीरलाई स्वदेश ल्याइदिन नेपाल सरकार र सरोकारवाला निकायसँग परिवारजनले माग गरेका छन् ।

दाहालले जर्मनीको डामस्टाड शहरमा अध्ययनरत थिए । दाहालको निधनबारे जर्मनीको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

दाहालका बुबा विमलप्रसाद दाहालले छोरको शव नेपाल ल्याइदिने व्यवस्था गरिदिन माग गरेका छन् । स्व.दाहालको नेपालमा सुनसरी जिल्लाको प्रकाशपुर– १० मा स्थायी घर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित