३ कार्तिक २०८३, मंगलबार

संगीत क्षेत्र छाड्ने सेलेना गोमेजको तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकी पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट अवकाश लिने सोच बनाएकी छिन् ।

मंगलबार भोग म्यागजिनसँगको अन्तर्वार्तामा उनले आफ्नो संगीत करियर स्थिर हुन नसक्ने कुरा व्यक्त गरेको हलिउड लाइफले लेखेको छ ।

‘जब मानिसहरूले मेरा गीतलाई गम्भीर रूपमा लिदैनन्, मलाई पनि संगीत जारी राख्न गाह्रो हुन्छ’, सेलेनाले भनेकी छिन्, ‘यस्ता समयहरू पनि थिए जहाँ म किन गीत गाइरहेको छु, आखिर योबाट मैले के पाएँ जस्ता कुरा मनमा प्रश्न उठ्थ्यो ।’

सेलेनाले आफ्नो संगीत करियर डिज्नी च्यानलको विजार्ड अफ वेभरली प्लेस सिरिजको लागि थिम गीत गाएर सुरू गरेकी थिइन् । उनले तीसभन्दा बढी गीत रिलिज गरिसकेकी छिन् ।