बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

पीएसजीसँग बराबरीमा रोकिएपछि बार्सिलोनाको सपना चकनाचुर

दैनिक नेपाल २०७७ फागुन २७ गते ८:३१

लण्डन, २७ फागुन । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वाटर–फाइनलमा पुग्नबाट चुकेको छ ।

अन्तिम–१६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)सँग एक–एक गोलको बराबरी खेलेसँगै बार्सिलोना क्वाटर–फाइनल पुग्न सकेन ।

प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा बराबरी खेले पनि समग्रमा पाँच–दुईले पराजित हुँदा बार्सिलोनाको च्यम्पियन्स लिग यात्रा रोकिएको हो । पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई उसकै मैदानमा चार–एकले हराएको थियो ।

दोस्रो लेगमा पेरिस सेन्ट जर्मेनका लागि केलियन एम्बाप्पेले पेनाल्टीमार्फत खेलको ३० औँ मिनेटमा गोल गरे । बार्सिलोनाका लागि खेलको ३७ औँ मिनेटमा लियोनेल मेसीले गोल गरे पनि क्वाटर फाइनलमा पुग्नका लागि पर्याप्त भएन ।

बार्सिलोना पछिल्लो १४ वर्षमा पहिलो पटक क्वाटर फाइनलमा पुग्न नसकेको हो ।

प्रतिक्रिया
सम्बन्धित