८ कार्तिक २०८३, आइतबार

‘बादल’लाई एमालेको उपाध्यक्ष

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेकपा (एमाले) ले रामबहादुर थापा ‘बादल’लाई पार्टी उपाध्यक्ष बनाउने भएको छ ।

माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु माओवादीमा नफर्कने निर्णयमा पुगेपछि एमालेले सम्मानजनक स्थान दिने भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीबाट आफ्नो पार्टी आएकाहरुलाई उचित ढंगले व्यवस्थापन गरिनेतर्फ ध्यान दिएका छन् ।

थापाले माओवादी केन्द्रमा नजाने र एमालेमै बस्ने भएपछि हिजो र आज भएको शीर्ष नेताहरूको छलफलबाट बादललाई पार्टी उपाध्यक्ष बनाउने निर्णय भएको हो । यो निर्णय पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।

त्यस्तै, थापासहित टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायतलाई उचित स्थान दिने बुझिएको छ ।