मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अमेरिकाद्वारा १३ देशका नागरिकमाथि लगाएको प्रतिबन्ध फुकुवा

दैनिक नेपाल २०७७ फागुन २६ गते ७:४४

न्युयोर्क, २६ फागुन । अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् ।

यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो ।

सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यात्रा प्रतिबन्धका कारण ४० हजारभन्दा धेरै मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित