
काठमाडौँ, २५ फागुन । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकिय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यु.आर. कोड सेवा तथा वीच्याट पे सुरु गरेको छ ।
स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथामाया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्यु.आर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नुहुनेछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्पलेक्स लगायतमा क्यु.आर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु प्हिचान गरि डिजिटल सेवा प्रदान गर्दै जाने उद्धेश्यले लुम्बिनीमा उक्त सेवा संचालनमा ल्याएको हो ।
उक्त सेवा संचालन भएपछि मायादेवि मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्यु. आर. कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरि चाइनिज पर्यटकले वीच्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।















प्रतिक्रिया