५ कार्तिक २०८३, बिहिबार

बागमती प्रदेशमा एमालेको बहुमत पुग्ने भएपछि जोगियो डोरमणिको सरकार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपाको एकता बदरसँगै बागमती प्रदेशमा नेकपा एमालेको बहुमत पुग्ने भएको छ ।

गत पुस १० गते तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरूले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यतिबेला प्रदेशसभामा नेकपाका ८० जना सांसदहरू थिए । तीमध्ये ओली समूहमा ३५ जनामात्रै थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जीवित भएपछि प्रदेश सभाको समीकरण परिवर्तन भएको छ र मुख्यमन्त्री डोरमणि पौडेललाई समेत राहत मिलेको छ ।

प्रत्यक्ष र समानुपातिकका गरी नेकपा एमालेसँग ५८ जना सांसदहरू बागमती प्रदेश सभामा छन् । ११० जना सांसद रहेको बागमती प्रदेशसभामा मुख्यमन्त्री पौडेललाई आफ्नो सरकार जोगाउन ५६ जना सांसद चाहिन्छ ।