५ कार्तिक २०८३, बिहिबार

काठमाडौंकै सहकारीबाट नगद चोरी, संलग्न व्यक्तिहरु फरार

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २५ फागुन । काठमाडौंककै एक सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार साँझ उक्त नगद चोरी भएको प्रहरीले बताएको छ ।

सहकारीको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको बताइएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरुको खोजी कार्य गरिरहेको बताइएको छ ।