५ कार्तिक २०८३, बिहिबार

मेगा बैंकले गर्यो मन्दिर सरसफाइ र डस्टविन वितरण

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । मेगा बैक नेपालले पाल्लाको शिद्धबाबा मन्दिरमा सरसफाइ र सरसफाइमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ ।

महाशिबरात्री पर्वलाई लक्षित गरि सरसफाइ तथा १० थान डस्टबिन र १ थान भित्तेघडी वितरण गरिएको मेगा बैक नेपालका लुम्बिनी प्रदेश प्रमुख तारानाथ लम्सालले जानकारी दिए ।

शिवरात्रीको मेलाका क्रममा मन्दिरमा हुने भक्तजनहरुको बाक्लो उपस्थितिबाट हुने फोहोर उचित व्यस्थापन होस भन्ने उद्देश्यले डस्टबिन वितरण गरिएको साथै संस्कृति संरक्षणमा समेत बैंकले आफू सक्दो भुमिका निर्वाह गर्ने सोचका साथ सो सहयोग उपलब्ध गराइएको बताइएको छ ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारी, सुरक्षाकर्मी, मन्दिर विकास समितिका पदाधिकारी, मन्दिरका पुजारी, कर्मचारीलगायतको सक्रिय उपस्थिति थियो ।

आगामी बिहीबार महाशिवरात्री पर्वको दिनमा मन्दिरमा आउने भक्तजनहरुलाई निःशुल्क खानेपानीको वितरण गर्ने समेत बैंकले जानकारी दिएको छ ।