५ कार्तिक २०८३, बिहिबार

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको आज बिहान निधन भएको छ ।

केही खिनयता गम्भीर विरामी परेका अड्काको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

उनको निधनप्रति नेपाली कांग्रेसले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’