
काठमाडौं, २५ फागुन । साताको आइतबार र सोमबार क्रमशः ५०० र १०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज मंगलबार एकैपटक प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
प्रतितोला ६०० रुपैयाँले घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो सोमबार सुन तोलामा १०० रुपैयाँले बढेर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार प्रतितोला ५०० रुपैयाँ बढेर तोलाको ८६ हजार १०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
तर, दुई दिन लगातार बढेको सबै मूल्य आज एकैपटक घटेको छ ।
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव भइरहेको महासंघको भनाइ छ ।















प्रतिक्रिया