
काठमाडौं, २५ फागुन । सरकारले बंगलादेशसँग जीटुजी (सरकार–सरकारबीचको सम्झौता) मार्फत खरीद गरेको २२ हजार ५०० मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्ने भएको छ ।
बंगलादेशबाट खरिद गर्ने भनिएको ५० हजार मेट्रिक टन मलमध्ये पहिलो चरणमा २२ हजार ५०० मेट्रिक टन युरिया मल आज नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
कोलकाताबाट रेलबाट ढुवानी भएको ९ हजार मेट्रिक टन मल वीरगञ्ज र ट्रकबाट ढुवानी भएको ५ हजार ६२५ मेट्रिक टन मल विराटनगर आइपुग्ने बताइएको छ ।
त्यस्तै ट्रकबाटै ढुवानी भैरहेको ७ हजार ८ सय ७५ मेट्रिक टन मल भैरहवा आइपुग्ने छ । तीनवटै नाकाबाट मंगलबार साँझसम्ममा २२ हजार ५ सय मेट्रिक टन मल नेपाल भित्रने तयारीमा रहेको कम्पनीको दाबी छ ।















प्रतिक्रिया