५ कार्तिक २०८३, बिहिबार

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) र नेकपा (मोओवादी केन्द्र) ब्यूँतिएपछि पहिलोपटक आज मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेको बताइएको छ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला गर्दै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो । त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने आदेश दिएको थियो ।

उक्त आदेशपछि एकीकरणपछि बनेको नेकपा स्वतः पूर्ववतः अवस्था नेकपा (एमाले) र नेकपा (मोओवादी केन्द्र)मा फर्किएका छन् । यो परिस्थितिमा आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।