बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

एभर्टनको आत्मघाती गोलसँगै चेल्सी पराजित

दैनिक नेपाल २०७७ फागुन २५ गते १०:३३

लण्डन, २५ फागुन । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोलले पराजित गरेको छ ।

आत्मघाती गोलबाट पछि परेको एभर्टन दोस्रो हाफमा अर्को गोल खाँदै चेल्सीसँग पराजित भएको हो। सोमबार राति घरेलु टिम चेल्सीले खेलको ३१ औं मिनेटमा अग्रता बनाएको थियो ।

एभर्टनका बेन गोडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले १–० गोलको अग्रता बनायो । पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो । ६५ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि चेल्सीले एभर्टनलाई २–० गोलले हराएको हो ।

सोमबार राति नै भएको अर्को खेलमा वेष्ट हामले लिड्सलाई २–० गोलअन्तरले पराजित गरेको छ । लिड्सविरुद्ध दुबै गोल वेष्ट हामले पहिलो हाफमा गरेको थियो ।

जितसँगै चौथो स्थानमा रहेको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । एभर्टन भने २७ खेलबाट ४६ अंकसहित लिगको छैटौं स्थानमा छ ।

वेष्ट हाम लिगको पाँचौं स्थानमा उक्लिएको छ। वेष्ट हामले २७ खेलबाट ४८ अंक बनाएको छ ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५४ अंक हुँदा चौथो स्थानको लेस्टर सिटीको समान खेलबाट ५३ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित