मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

याङ्गुनमा दबाबपछि सेनाद्वारा बन्धक बनाइएका प्रदर्शनकारी रिहा

दैनिक नेपाल २०७७ फागुन २५ गते १०:२२

याङगुन, २५ फागुन । संयुक्त राष्ट्रसंघ तथा पश्चिमी राष्ट्रको दबाबपछि म्यानजमारको सेनाले याङ्गुनको अपार्टमेन्टमा बन्धक बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रुपमा रिहा गरेको छ ।

ठूलो शहर याङ्गुनको एक अपार्टमेन्टमा सुरक्षकर्मीले झण्डै २०० प्रदर्शनकारीलाई एकत्रित गरेर त्यहाँबाट बाहिर निस्कन दिएको थिएन ।

सोमबार बन्धक बनाइएका उनीहरुलाई सुरक्षाकर्मीले मंगलबार स्वतन्त्र गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार उनीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए ।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा ५५ जनाएको ज्यान गएको छ ।

जिल्लाबाट आएका प्रदर्शनकारीहरुलाई सुरक्षकर्मीले सान्चाङ्ग क्षेत्रको अर्पामेन्टमा घेरेर राखेको र उनीहरुलाई बाहिर निस्कन दिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित