नेपालगञ्ज, २५ फागुन । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–१ सुइयामा सोमवार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् ।
गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । आगलागीबाट करोडौँको क्षति भएको छ ।
मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमवार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।















प्रतिक्रिया