बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड-माधव समूहको बैठकपछि नेपाल पक्ष फर्कियो एमालेमा

दैनिक नेपाल २०७७ फागुन २४ गते २०:३३

काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तिम बैठक सकिएसँगै माधवकुमार नेपाल पक्ष नेकपा एमालेमा फर्किएको छ ।

पेरिसडाँडामा सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको बैठक नै नेकपाको अन्तिम भएको नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेपाल पक्षका नेताहरुले बसेर गरेको आन्तरिक छलफलपछि एमालेमै फर्किने निर्णय गरेको हो ।

सर्वोच्चको फैसलालाई सम्मान गर्दै एमाले र माओवादीको रुपमा अघि बढ्ने नेताहरुले बताए ।

यद्यपि दुई पार्टीबीच एकताको पहल भने नरोकिएको श्रेष्ठले बताए । ’सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो,’उनले भने दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’

प्रतिक्रिया
सम्बन्धित