५ कार्तिक २०८३, बिहिबार

मानव जातीको पूर्ण मुक्ति हाम्रो सपना हो : पूर्वप्रधानमन्त्री प्रचण्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातीको पूर्ण मुक्ति नै आफूहरुको सपना भएको बताएका छन् ।

१११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै प्रचण्डले मानव जातीको पूर्ण मुक्तिका लागि महिला हिंसाको अन्त्यले मात्र नपुग्ने समेत बताएका छन् । विश्वभरका महिलाहरुको मुक्तिले मात्रै मानव मुक्ति सम्भव हुने उनको भनाइ छ ।

‘विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि सिंगो महिला मुक्ति आवश्यक छ,’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।