आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

विद्यार्थीले प्रभु बैंकमा बैंकिङ्ग साक्षरता ज्ञान लिए

दैनिक नेपाल २०७७ फागुन २४ गते १०:०५

काठमाडौं, २४ फागुन । प्रभु बैंक लि.ले सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरेका छन् ।

विद्यार्थीले बैंकिङ्ग साक्षरता ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरूसँग साक्षात्कार गराइएको विज्ञप्तिमा उल्लेख छ ।

स्थलगत अवलोकको समापन समारोहमा विद्यार्थीसँग अन्तर्क्रिया गर्दै प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरूका बारेमा विद्यार्थीले बुझ्ने गरी जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित