शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आइतबार ६६ जनामा कोरोना, ५८ जना निको

दैनिक नेपाल २०७७ फागुन २३ गते १६:३८

काठमाडौँ, २३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ६६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय २५ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २१ लाख ९२ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित