आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आई–पे डिजिटल वालेटलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमति

दैनिक नेपाल २०७७ फागुन २३ गते १४:०९

काठमाडौं, २३ फागुन । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आई–पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ ।

बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो ।

सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र व्यवस्थित सेवा आई–पेलाई अनुमतिपत्र दिएकोमा आई–पेका अध्यक्ष अमृतमान तुलाधरले खुशी व्यक्त गरे । ‘यसबाट हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै अझ राम्रो गर्दै जान प्रोत्साहन गरेको अनुभूती गरेका छौं,’ उनले भने ।

आई–पे अनलाइन भुक्तानीद्वार र डिजिटल वालेट हो । जसले प्रयोगकर्ताहरुलाई इन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवा विभिन्न व्यवसायीबाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई–पे डिजिटल वालेटमार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ ।

त्यस्तै आई–पेका प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभरी आई–पेका पाँच लाखभन्दा बढी सक्रीय प्रयोगकर्ता रहेका छन् भने एक हजारभन्दा बढी मेहनती एवम् क्रियाशील एजेन्ट रहेका छन् ।

विगत एक दशकदेखि मोबाइल रिचार्जर टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत ई–कमर्समार्फत् किनिएको सामान तथा सेवाको अनलाइन भुक्तानी गर्ने सेवा प्रदान गर्दै आएको छ ।

अबका दिनमा प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन थप नवीनतम् डिजिटल वित्तीय सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित