४ कार्तिक २०८३, बुधबार

साताको शुरूमै प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाली बजारमा आज आइतबार सुनको मूल्य पुनः ५०० रुपैयाँले बढेको छ ।

अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रू. ५०० रुपैयाँले वृद्धि भएको हो । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रू ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा रू. ५०० रुपैयाँले नै उकालो लागेको छ । तोलामा रू. ८५ हजार १५० मा शुक्रबार कारोबार भएको तेजाबी सुन आजका लागि भने रू. ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रू. १ हजार २५० मा कारोबार भइरहेको छ ।