४ कार्तिक २०८३, बुधबार

कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । कञ्चनपुर, महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङ तल्कोट गाउँपालिका–१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत २२ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग दिपायल केन्द्रबाट सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नागरीकताको प्रमाणपत्र र प्रवेशपत्रमा समेत फोटो परिवर्तन गरी हस्ताक्षर समेत किर्ते गरी नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यस्तै डोटीको पनि विभिन्न परीक्षा केन्द्रबाट नेपाल प्रहरीको जनपथतर्फको प्रहरी जवानको लिखित परीक्षामा अर्काको नाममा दिने ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको हो ।